होली खेल्दा पानी भनेर ए’सिड छ्यापियो, तीन विद्यार्थी घाइते

admin

काठमाडौं, १६ चैत : काठमाडौंको साँखुमा होली खेल्दा रंगमा पानीको साटो ए’सिड मिसाएर छ्याप्दा ३ जना विद्यार्थी घाइते भएका छन् । पानी सम्झेर ए’सिड प्रयोग गर्दा यो घटना भएको प्रहरीको भनाइ छ ।

काठमाडौंको शंखरापुर नगरपालिका-१ स्थित चापाकोटमा आइतबार होली खेल्दा ए’सिड छ्यापेपछि १६ वर्षीया किशोरी, ९ वर्षका र ११ वर्षका बालक घाइते भएका छन् । घाइतेहरुको साँखु स्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । ए’सिडले किशोरीको गाला र दुईजना बालकको हात र अनुहार ज’लेको छ ।

घाइतेहरू नविन ग्राम मावी शंकरापुरमा अध्ययनरत छन् । पानी भनेर ए’सिड छ्याप्ने १७ वर्षीय पवन पहाडी र १८ वर्षीय आकाश तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताएका छन् ।

आरोपी र घाइतेहरुको बीचमा सामान्य चिनजान थियो । होली खेल्ने क्रममा पानी मागेपछि ९ वर्षका बालकले ग्यालिन लगिदिएका थिए । प्रहरीका अनुसार चापाकोटस्थित दुध डेरीबाट बालकले उक्त ग्यालिन ल्याएका हुन् । तर सो ग्यालिनमा पानीको साटो सल्फ्युरिक ए’सिड रहेछ ।

ए’सिड भन्ने नचिनेर उनीहरुले दलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनापछि सरस्वती दुग्ध उत्पादन सहकारी संस्थाका संचालक ४४ वर्षीय केशव नेपाललाई पनि पक्राउ गरिएको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया