‘होल बडी चेकअप’ को नाममा अस्पतालको मनपरी

admin

काठमाडाैं, साउन ५ : सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन्। उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ। सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको हो।

ललितपुरस्थित मेडिसिटी अस्पतालले सामान्य शरीर जाँच शीर्षकमा ४ हजार ५ सय र ‘ओभर अल’ चेकजाँच शीर्षकमा २१ हजार रुपैयाँ लिने गरेको छ। यस्तै, काठमाडौंस्थित ओम अस्पतालले ‘होल बडी चेकअप’को४ हजार ५ सयदेखि १५ हजार ४ सय रुपैयाँसम्मको प्याकेज रहेको बताएको छ।जसअन्तर्गत पी वान प्याकेजमा ४ हजार ५ सय, पी टू प्याकेजमा ७ हजार ५० र पी थ्री प्याकेजमा ८ हजार ७ सय रुपैयाँ छ।शरीरका सबै भाग चेकजाँचका लागि पुरुषतर्फ १५ हजार ४ सय र महिलातर्फ १४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ। कार्डियो प्याकेजतर्फ ११ हजार ३ सय र १३ हजार तोकिएको अस्पतालले जनाएको छ।मेडिकेयर हस्पिटलले शरीर जाँचका लागि ६ हजार ५ सय रुपैयाँ लिने गरेको छ।

त्यस्तै, एभरेस्ट अस्पतालले जनरल चेकअप भन्दै ४ हजार रुपैयाँ लिने गरेको छभन्ने खबर राजधानी दैनिकमा छ। यस्तै, कार्डियोतर्फ ६ हजार रुपैयाँ तोकिएको छ। गाइनोतर्फ ८ हजार ५ सयदेखि १३ हजार ५ सय र इन्डो गाइनोतर्फ ३ हजार २ सयदेखि ६ हजार ५ सय रुपैयाँ लिँदै आएको छ।ग्र्यान्डी अस्पतालले बेसिक प्याकेजअन्तर्गत २ हजार र एक्जुकेटिभ प्याकेजअन्तर्गत २० हजार रुपैयाँ तोकेको छ। त्यस्तै, सिभिल अस्पतालले शरीर जाँच शीर्षकमा १ हजार ७ सय ५० देखि ५ हजार रुपैयाँसम्म लिने गरेको छ।बेसिक प्याकेजअन्तर्गत १ हजार ७ सय ५०, एड्भान्स प्याकेजअन्तर्गत ३ हजार ४५ र कम्प्रिहेन्सिभ प्याकेजअन्तर्गत ५ हजार ७ सय तोकिएको छ।

प्रतिक्रिया