ह्वातै घट्यो सुनको भाउ

मनिषा थापा

आज शाताको अन्तिम दिन सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेर छापावाला सुन प्रतितोला ५७ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको छ ।

बिहिबार भने सुन प्रतितोला ५८ हजार १ सय रुपैंयामा विक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले घटेर प्रतितोला ७२५ रुपैंयामा किनबेच भईरहेको छ ।

प्रतिक्रिया