ह्वात्तै घट्यो सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, १७ चैत्र : आज साताको पहिलो दिन अर्तात आईतबार सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज सुनको भाउ सँगै चाँदीको मूल्य पनि घटेको छ।शुक्रबार प्रतितोला ७४० रुपैयाँमा कारोबार चाँदी आज ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया