ह्वात्तै घट्यो सुनको मूल्य

मनिषा थापा

काठमाडौं  : आज बिहीबार सुनको मुल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य तोलामा तीन सयले घटेर छापावाल सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो मंगलबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया