ह्वात्तै घट्यो सुनचाँदीको भाउ, तोलाको कति ?

शर्मिला गुरुङ

काठमाडौँ, १९ भदौ : आज साताको छैठौँ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ ह्वात्तै घटेको छ। आज सुन प्रतितोला १४ सयले घटेको हो । हिजो बिहिबार प्रतितोला ७३ हजार ४ सय रुपयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज १४ सयले घटेर ७२ हजारमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि घटेको छ। तेजावी सुन प्रतितोला ७१ हजार
७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ घटेसँगै चाँदीको भाउ पनि घटेको छ । हिजो बुधबार तितोला ९ सय ४० रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको चाँदीको भाउ आज ८९९ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया