ह्वात्तै बढ्यो सुनको मुल्य

रिता घिसिंग

काठमाडौं : आज आईतबार सुनको भाउ ह्वात्तै बढेको छ । आज छापावाल सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि छापावाल सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्य बढेपनि चाँदीको भाउ भने यथावत छ । आज चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया