१०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग

admin

काठमाडौंँ, १५ साउन : नेपालमा अझै पनि सुरुङमार्गलाई नौलो विकास ठानिन्छ । तर, तपाईँ हामी धेरैलाई थाहा छैन, करिब १०४ वर्ष पहिल्यै हाम्रो देशमा सुरुङमार्ग थियो ।

सरकारी निकायले नै यसलाई एसियाकै पहिलो सुरुङमार्ग भनेर दाबा गर्दै आएका छन् । जुन २०२० सालपछि प्रयोगमा आउन छाडेको थियो । यसलाई २०७२ सालको भुकम्पले थप जीर्ण बनाएको थियो । यसको लम्बाइ सुरुमा ५ सय मिटर थियो । एकातर्फका भाग पहिरोले पुरिएपछि २ सय ९८ मिटर बाँकी रहेको जनाइएको छ ।

चौडाइ २.५ मिटर र उचाइ तप्न मिटर छ । पाँचौँ राणा प्रधानमन्त्री चँद्रशमशेरका पालामा सन् १९१७ मा बाराको अमलेखगन्जबाट मकवानपुरको हेटौँडा छिचोल्न यो सुरुङमार्ग निमार्ण गरिएको थियो । त्यस समय भारतबाट अमलेखगन्जसम्म रेल आउँथ्यो ।

अब भने बागमती प्रदेश सरकारको यातायात पूर्वाधा निर्देशनालयले मकवानपुर र बाराको सिममानामा रहेको चुरियामाईस्थित सुरुङमार्गको पुर्ननिमार्ण थालेको छ। मुख्यमन्त्री डोरमणी पौडेलले बिहिबार पुर्ननिमार्ण कार्यको शिलान्यास गरेका छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया