१० महिनाको छोरो छाडेर श्रीमान फरार, उपचारको लागि रुँदै मागिन गुहार [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर : हिमाल राई स्तन क्यान्सरले पिडित छिन्। उपचारका लागि त के उनीलाई छाक टार्न पनि मुस्किल छ। उनका आफन्तहरु कोहि छैन। उनको परिवारको नाममा एउटा २२ वर्षिय छोरा छ। उनको श्रीमानले छोरा जन्मेको १० महिना हुँदा छाडेर गएका थिए। न त उसको माईती छ न त आफ्नो न बस्ने आफ्नै थलो ।

हिमाल राई गाउँबाट साथीहरुसँग काठमाडौँमा कमाउन आएकी थिईन। उनी काठमाडौँ आएपछि गैलाचा कारखाना गर्न थालिन। त्यही कारखानामा काम गर्दा गर्दै उनको त्यही कार्यरत एक युवकसँग २०५२ सालमा प्रेम विवाह भयो। उनी त्यतिबेला २८ वर्षकी थिइन। उनले छोरा जन्माइन। तर छोरा जन्मेको १० महिनामा उनका श्रीमानले उनलाई छाडेर गए। उनले धेरै खोजिन तर आज २२ वर्ष वित्तिसक्दा पनि उनका श्रीमान एकपटक पनि उनलाई खोज्दै आएका छैनन्। उनी एक्लै परिन। उनले दुधे बालक लिएर धेरै खोजिन तर श्रीमानको अत्तोपत्तो लागेन।

उनी आफ्नो भाग्य सम्झेर फेरी गलैचा बुन्ने काम गर्न थालिन। गलैचा बुनेर छोरालाई कक्षा नौ सम्म पढाइन त्यसपछि छोराका पढाईमा पनि विविधकारणले पूर्णविराम लाग्यो। यदी उसको बुबाको छत्रछाया पाएका भए उनका छोरालाई पढ्न हौसला दिई पढाई रोकिने थिएन होला। जसोतसो श्रीमान आउने आश बोकी संघर्ष गरी गुजारा चलाई नै रहेकी थिइन् तर अचनाक उनको जीवनमा फेरी अर्को बज्रपात आई लाग्यो।

उनको छातीमा डल्लो आयो। उनको शरीर गल्या जस्तो हुन् थाल्यो। उनले कारखानामा काम गर्ने साथी देखित्यहाँको साउनीले उनलाई उपचार गर्ने सल्लाह दिई उपचार गर्न मद्दत गरे। उनी क्यान्सर अस्पताल गईन। डल्ला झिकियो र क्यान्सर देखा परेको डाक्टरले बताए।त्यसपछि उनी निकै आत्तिदै डाक्टरलाई रुदै भनिन्, ‘म त मजदुरी गर्ने मान्छे खान लाउन नै मुस्किल छ।’ त्यसपछि डाक्टरले उनलाई आफुले पनि सहयोग गर्ने र उपचार गरे ठिक हुन्छ भन्दै हौसला दिए। उपचार भयो डाक्टरले ८ ओटा किमो हालेर ५ वर्षसम्म औषधी खाएपछि तपाई स्तन क्यान्सरबाट मुक्त हुनु पर्छ भनेर भने।

तर आठ ओटा किमो हाल्दा ठुलो रकम लाग्छ भन्दै भक्कानिदै कुराकानीको क्रममा रोईन हिमाल राई। उनी आखा भरी आशु लिँदै भन्छिन, ‘म सम्झिदै रुँदै सुत्ने गर्छु। एउटा किमो लगभग साथ सहयोगमा गरी लगाइसकेको छ। अब अरु कसरी लगाउने किमो महँगो हुन्छ।’

उनका घरभेटिले पनि यस्तो नाजुक अबस्था देखेर भाँडा लिएका छैनन्। उनी कमजोरीका कारण काम गर्न सकेकि छैनन्। उनको विवाह दर्ता समेत छैन अब छोराका लागि नागरिकता कसरी बनाउने भनेर उनी अन्योलमा छिन्।

उनका श्रीमान आए देखि छोराले नागरिकता पाउँथ्यो र केहि कमाउन सक्थ्यो भन्ने आशमा छिन् हिमाल राई। उनी बाच्न चाहान्छिन तर उपचारका लागि सहयोगको निकै खाचो छ। दर्शकवृन्द ! सेवा नै धर्म हो। यी आमालाई साथ् र सहयोगको अति नै आवश्यक छ। तपाई हाम्रो सानो सहयोगले हिमाल राईले पुन जीवन पाउने छिन्। उनलाई सहयोग गर्न चाहने इच्छुक दाताले हिमाल राईको मोबाइल नम्बर ९८१३ ०९७७५८मा सिधा समपर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू