१० वर्षदेखि थलिएका कमल तामाङ पुनर्जन्मको आशमा

कृष्ण रोकाया

पिएनपिखबर : सिन्धुपालचोकका १७ वर्षीय कमल तामाङ शारीरिक रुपले अशक्त छन्। विगत १० वर्ष देखि उनी हिड्न, उभिन सक्दैनन्। उनको शारीरिक वनावट पनि सामान्य मानिसको जस्तो देखिदैन । 

उनी सात वर्षका थिए। एकदिन स्कूलबाट फर्कनेको क्रममा नराम्रोसँग लड्न पुगे। बाहिरी चोटपकट केहि नदेखिए पनि उनको शरीरको भित्रीभागमा चोट पुग्यो । त्यस अप्रिय घटनाको दिन देखि उनी सामान्य हिडडुल गर्न समेत् नसक्ने भए। उनलाई जचाउन उनकी आमाले काठमाडौँको धेरै अस्पताल पुराईन तर रोगको पत्ता लागेन।

उनी मात्र हैन उनका श्रीमान पनि विगत ५ वर्ष देखि विरामी थिए। धन कमाउन उनको श्रीमान मलेशिया पुगे। उनी एक्कासी ढाड दुख्ने समस्या आइलाग्यो। उनी विरामी परेको ५ वर्ष पछि गत महिना निधन भयो। छोरा र श्रीमानको उपचारमा लाखौ खर्च भएको उनी दुखेसो पोख्छिन।

उनको छोराले भावुक हुँदै भने, ‘म ठिक भएर पढ्न चाहन्छु, मलाई सहयोग गरिदिनुस।’

आर्थिक अवस्था निकै नाजुक रहेको उनको परिवारमा ३ सन्तान सहित ४ जनाको परिवार छन्। श्रीमानको निधन भए पछि उनी इन्तु न चित्नुकू अबस्थामा छिन्। दुई छाक टार्न समेत् मुस्किल भएको उनको परिवारमा कमलको अबस्थाले झनै उनलाई पिरोल्छ।

उनी रुँदै भन्छिन, ‘अरु बच्चा जस्तै आफ्नो छोराले पनि पढेको, हिडेको देख्न चाहान्छु तर उपचार गर्न सकिएको छैन।’ उनको सहयोगको लागि अभियान पनि चलेको छ। सेवा नै धर्म हो। तपाई र हाम्रो सानो सहयोगले कमल तामाङले नयाँ जीवन पाउनेछन। उनलाई आर्थिक सहयोग गर्न चाहानुहुने महानुभावले हाम्रो अफिसियल पेज पिएनपिखबरडटकममा म्यासेज गर्न सक्नुहुनेछ अथवा धेरैभन्दा धेरै यो भिडियोलाई शेयर गरी सहयोगी मनसम्म पुर्याउन पिएनपिमिडिया परिवार विनम्र अनुरोध गर्दछ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू