१२ करोड जरिवाना र तीन वर्ष कै’द सजाय तोकिएकी फरार महिला प’क्राउ

admin

काभ्रे । इलाका प्र’हरी कार्यालय बनेपाले बैंकिङ कसुरमा फरार रहेका एक महिलालाई आज दिउँसो प’क्राउ गरेको छ । प’क्राउ पर्ने ५६ वर्षीया जयन्ती केसी हुन् ।

उनलाई उच्च अदालत पाटनले २०७१ वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय सुनाएको थियो । केसी भने फरार थिइन् ।

इलाका प्र’हरी कार्यालय बनेपाबाट प्र’हरी निरीक्षक योगेन्द्रप्रसाद तिमिल्सिना नेतृत्वमा खटिएको प्र’हरी टोलीले बनेपा नगरपालिका ६ मा लुकेर बसेको अवस्थामा केसीलाई प’क्राउ गरेको हो ।

प’क्राउ परेका केसीलाई प्र’हरीले जिल्ला अदालत काभ्रेमा बुझाएको थियो । अदालतको आदेशले प्रतिवादी केसीलाई थुनामा राख्न जिल्ला कारागार धुलिखेल पठाएको छ ।

प्रतिक्रिया