१२ सय ४६ कोरोना संक्रमित थपिए, १२४३ जना डिस्चार्ज

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४२ हजार ९ सय ४९ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ८ हजार ३ सय ३६ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ४१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ४६ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ८३ पुगेको छ ।

प्रतिक्रिया