१३औं सागको खर्च विवरण आज सार्वजनिक हुने

admin

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज गत वर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक गर्ने भएको छ।  खर्च विवरण सार्वजनिक गर्न दिउँसो १ बजे त्रिपुरेश्वरस्थित परिषद् कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। 

राखेपका सदस्य सचिव रमेश सिलवालले सागको खर्च विवरण सार्वजनिक गर्नेछन्।   राखेपले साग सकिएको एक वर्षपछि मात्रै सार्वजनिक गर्न लागेको हो। १३ औँ साग गत वर्ष मंसिर १५ गतेदेखि २४ गतेसम्म नेपालमा आयोजना गरिएको थियो। 

लामो समयसम्म खर्च विवरण सार्वजनिक नभएको भन्दै राखेपको पारदर्शितामाथि प्रश्न उठ्दै आएको छ।

 

प्रतिक्रिया