१३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपाललाई स्वर्ण पदक

मनिषा थापा

पिएनपिखबर : १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । भुटान र नेपालबीच भएको खेलमा २-१ गोलको अन्तरले भुटानलाई हराउदै स्वर्ण जित्न सफल भएको हो।

नेपालले १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो भने भुटानले पहिलो हाफमा बराबरी गोल फर्काएको थियो । खेलको दोस्रो हाफमा नेपालले ५१ मिनेटमा सुनिल बलको गोलबाट फेरि अग्रता लियो ।

प्रतिक्रिया