१३ बर्षका बालक जेन्सन ३ दिन देखि वेपत्ता

admin

भक्तपुर, २७ साउन: भक्तपुर बालकोट बस्दै आएका काठमान्डुको बुद्धनगरमा रहेको के.एम.सी स्कुलमा कक्षा ८ मा अध्ययनरत बालक जेन्सल रावल ३ दिन देखि वेपत्ता भएका छन् । अस्ति शनिबार साँढे ८ बजे घरबाट निस्किएका जेन्सनले वेपत्ता हुनु अघि १८ बर्षका अभिषेक बस्याललाई भेटेको देखिएको छ । सोही आधारमा बस्याललाई प्रक्राउ गरि प्रहरीले अनुसनधान गरिरहेको छ ।

काठमान्डु प्रहरी परिसर टेकु र अपराध अनुसन्धान व्यूरोले जेन्सनको खोजी गरिरहेको भएपनि पत्ता लाग्न नसकेको अभिभावकले बताएका छन् । अभिभावकले वेपत्ता हुनु अघि सँगै रहेका अभिषेक बस्याललाइ घटनाबारे थाहा भएको बताएका छन् । तर बस्यालका परिवारले भने अभिषेकलाई छुटाउन दबाब दिइरहेको जेन्सनका अभिभावकले बताएका छन् ।

बानेश्वर प्रहरीका डि.एस.पी. दुर्गा राज रेग्मिले भने प्रहरी बालकको खोजीका लागि गम्भिर भएर लागेको दाबी गर्नुभयो । जेन्सन र अभिषेकले त्यस दिन भेटेको देखिएपनि त्यसपछिका प्रमाण नभेटिएको डि.एस.पी रेग्मिले बताउनुभयो । जेन्सनका परिवारले बालकको खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया