१५० वर्ष पुरानो घर भत्काउदै गर्दा सुनको सिक्काले भरिएको भाँडा भेटिएपछि…

रिता घिसिंग

एजेन्सी : इटलीको कोमो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्काइँदै गर्दा यस्तो अनौठो चिज भेटेपछि सबै चकित परेका छन्। जब उनीहरुले भजनको अवशेषमा एउटा वर्षौं पुरानो भाँडो देखे । त्यो भाँडोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिएपछि उनीहरु छक्क परे ।

यो ठाउँलाई अब खजानाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशासनले अब निर्माणको काम रोकेर खजाना खोज्नको लागि उत्खनन गर्ने भएको छ । यहाँ कडा सुरक्षा व्यवस्था बनाइएको छ । इटलीको मिडियाका अनुसार थिएटरमुनि दबिएको अवस्थामा पाइएका सिक्का रोमन कालका हुन् । यी सिक्काको मूल्यअनुमान गर्न पनि सकिँदैन ।

स्थानीय आर्कियोलोजिस्ट लुसा रिनाल्डीका अनुसार यी सिक्काको मूल्य तोक्न सकिँदैन किनकि यी बजारमा बिक्ने चीज होइनन् । यसको मूल्य अतुलनीय छ र यो निकै बहुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भएको थियो । बन्द हुने बेला यो फिल्महल बनिसकेको थियो ।

प्रतिक्रिया