१५ सय ३९ कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४१ हजार ७ सय ०६ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ७ सय १ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ७९ पुगेको छ ।

प्रतिक्रिया