१६ डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

admin

काठमाडौं, ७ असार : गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीको) सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा रहेका अरुण कुमार बीसी १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सरुवा भएका छन् ।

त्यस्तै, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा रहेका उमेश रन्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा भएका छन् भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा रहेका उत्तमराज सुवेदी सो ठाउँमा ल्याइएको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा धीरज प्रताप सिंहको सरुवा भएको छ। यसअघि सिंह २ नम्बर प्रदेश प्रहरी कार्यालयमा थिए।

बागमति प्रदेश प्रहरी प्रमुखमा प्रकाशजंग कार्कीलाई पठाइएको छ। यस्तै गण्डकी प्रदेशमा दिवेश लोहनी, लुम्बिनी प्रदेशमा मुकुन्द आचार्य, कर्णाली प्रदेशमा गणेश ऐर र सूदुरपश्चिम प्रदेशमा पुरुषोत्तम कँडेललाई पठाइएको छ। त्यस्तै विशेष ब्यूरोमा घनश्याम अर्यालको सरुवा भएको छ।
यस्तो छ सूची

DIG_transfer_2078_03_07

प्रतिक्रिया