१६ वर्षिय बालकलाई बलात्कार गरेको अभियोगमा कंगना रनावतका हेयर स्टाइलिस्ट पक्राउ !

मनिषा थापा

एजेन्सी  :  बलिउड अभिनेत्री कंगना रनावतका हेयर स्टाइलिस्ट एलिस्टर ब्रेन्डन डी गीलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको छ ।

४२ वर्षीय ब्रेन्डनले १६ वर्षिय बालकलाई बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । कंगनाको आगामी फिल्मको सेटमा काम गरिरहेका ब्रेन्डनलाई प्रहरीले सेटबाटै पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

ती युवककी आमाले आफ्ना छोरामाथि बलात्कार गरेको भन्दै प्रहरीमा रिपोर्ट गरेकी थिइन् । अहिले ब्रेन्डन प्रहरी हिरासतमा छन् । ब्रेन्डन एलिस्टर डी गी बलिउडडमा निकै चर्चित हेयर स्टाइलिष्ट हुन् । दक्षिण अफ्रिका निवासी ब्रेन्डन १० वर्षदेखि बलिउड चलचित्र उद्योगमा क्रियाशिल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू