१९ वर्षीया विश्वकै सुन्दर युवती १७ वर्ष जेठा अर्बपतिसँग डेट गर्दै

admin

एजेन्सी : १९ वर्षीया मोडल येल शेल्बियाले टीसी क्यालेण्डरको १ सय सबैभन्दा सुन्दर युवतीमा पहिलो स्थान हासिल गरिन् । इंस्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स भएका शेब्लिया आफ्नो शानदार जीवनशैलीका कारण पनि चर्चामा आउने गरेकी छन् ।

इजरायलको यहुदी परिवारमा जन्मिएको शेल्बियाले १६ वर्षदेखि नै मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनको फोटो नोटिस गर्दै उनलाई फोटोसुटको लागि बोलाएका थिए । उनको फोटोसुटपछि शेल्बियाको चर्चा सुरु भएको थियो । उनले इजरायलको एयरफोर्समा सैनिक सेवामा समेत काम गरिसकेकी छन् ।

शेल्बिया अहिले आफूभन्दा १७ वर्ष जेठा अमेरिकी अर्बपति ब्रैण्डन कोर्फसँगको प्रेम सम्बन्धमा छिन् । शेल्बियाले विश्वका धनी व्यक्तिहरूको कम्पनीका साथै फुटबलर लियोनल मेसीसँग पनि काम गरिसकेकी छन् । कोरोना महामारीका कारण उनी अहिले तनावमा छिन् । उनी अहिले अमेरिका र युरोपको यात्रा गर्न चाहन्छिन् ।

प्रतिक्रिया