१ घण्टासम्म माटोमा पुरिए युवक, थोरै टाउको देखिएपछि यसरी बचाए छिमेकीले (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : घरपछाडि जग खनिरहेका एक युवक खाल्डोभित्र भएका बेला माटोको ढिस्को भत्किएर पुरिएपछि १ घण्टासम्म जीवन र मृत्युको बीचमा संघर्ष गरिरहे । १ घण्टापछि छिमेकीले उनको थोरै टाउको देखिएपछि उनको उद्धार गरेका छन् । युवकको उद्धारको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।

भारतको उत्तरप्रदेश आगराको पिनाहटमा अजय नामका युवक माटोमा दबिएका हुन् । ती युवक घरपछाडि जग खन्दै थिए । उनले जग खन्दै गर्दा खाल्डोको एकापट्टिको भित्ताको माटोको ठूलो भाग भत्कियो र युवक त्यही माटोले पुरिए । अजयको टाउको मात्र माटोबाहिर रह्यो । भाग्यवश त्यसभन्दा माथि माटो खसेन र अजय जीवित रहे ।

माटोमा दबिएका अजय चल्न पनि नसक्ने अवस्थामा थिए । उनी एक घण्टासम्म त्यत्तिकै रहे । १ घण्टापछि छिमेकीले उनको टाउको देखेपछि उनलाई उद्धार गरेर बाहिर निकाले । स्थानीयलाई माटो हटाएर अजयलाई बाहिर निकाल्न अर्को एक घण्टा लाग्यो । उनलाई अस्पतालमा भर्ना गरिएको छ । उनको उद्धारको भिडियो सामाजिक संजालमा चर्चामा छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया