१ हजार ३९ कोरोना संक्रमित थपिए,९ जनाको मृत्यु

तुलसी नेपाल

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ७३ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३८ हजार ६ सय ९७ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ३ सय ८७ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ८७ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ४५ पुगेको छ ।

प्रतिक्रिया