२५ लाखको चिठ्ठा परेको भनेर एक लाख ७५ हजार ठ’गी

admin

काठमाडौं, माघ ७ : इमो र ह्वाट्सएपबाट चिठ्ठा परेको भनी ठ’गी गरेको आरोपमा प्र’हरीले बाराबाट एक युवालाई प’क्राउ गरेको छ। प्रसौनी गाउँपालिका-४ का २७ वर्षीय युवा भोला महतोलाई बारा प्र’हरीले मंगलबार प’क्राउ गरी बुधबार ठ’गी मुद्दामा अनुसन्धान थालेको हो।

महतोले गढीमाई नगरपालिका-३ का ह्वाट्सएप र इमोबाट फोन गरी २५ लाख रुपैयाँ चिठ्ठा परेको बताएर ठगी गरेको प्र’हरीले जनाएको छ।

प्र’हरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार महतोले चिठ्ठा रकम प्राप्त गर्न अग्रिम एक लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी रकम लिएका थिए।

उक्त रकम लिएर फरार भएका महतोलाई प’क्राउ गरिएको बारा प्र’हरीले जनाएको छ। उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

प्रतिक्रिया