२७ मंसिरमा हुदै ‘चुरीफुरी’ को दोश्रो अडिसन

admin

काठमाडौं, २३ मंसिर : नयाँ फिल्म ‘चुरीफुरी’ का लागि नवकलाकारको छनौट कार्य अडिसनमार्फत गरिदैछ । निर्देशक ऋषिराज आचार्यले गत र्कािर्तक ३० मा पहिलो चरणको अडिसन सम्पन्न गरेका थिए । अब भने दोश्रो चरणको अडिसन यही मंसिर २७ गते हुने भएको छ । कमेडी जनराको फिल्मका लागि नयाँ अनुहारको माग भएकाले अडिसनमार्फत कलाकार छनौट प्रक्रिया थालीएको निर्देशक आचार्यले बताएका छन् ।

पहिलो चरणको अडिसनमा दुई सयभन्दा बढी नवप्रतिभा सहभागी भएको र त्यसमध्येबाट केही ‘सर्ट लिस्ट’ मा परेको जानकारी उनले दिएका छन् । ‘अब दोश्रो चरणको अडिसनबाट कलाकार छनौट कार्यले पूर्णता पाउने बिश्वास मलाई छ,’ ऋषिराज भन्छन्, ‘हामीले फिल्म उद्योगमा नयाँ प्रतिभा उजागर गर्नका लागि पनि अडिसन गरेका हौ ।’ उनले आफ्नो फिल्ममा मुख्य तथा सहायक भूमिकामा समेत नयाँ कलाकारलाई मौका दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

दोश्रो चरणको अडिसन आरबि मुभीजको कार्यालय,नारायणगोपाल चोक, चक्रपथमा हुने छ । अडिसनमा सहभागी हुन चाहने जोकोहीले पनि आरबि मुभीजको कार्यालयमा सम्पर्क राख्न सक्ने बताइएको छ । बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट समेत अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ ।


माघ अन्तिमबाट छायांकन थालिने ‘चुरीफुरी’ को निर्माण र लेखन समेत निर्देशक आचार्यकै हो । आचार्यले यसअघि ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘ड्रिम गर्ल’ निर्माण निर्माण,निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया