‘२ नम्बरी’मा जोडिए दीपक मनांगे

admin

काठमाडौँ, माघ २२ : निर्देशक दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को निर्माण टोलीमा दीपक मनांगे जोडिएका छन्। कोरोना महामारी कारण फिल्मको छायांकन रोकिएको थियो। यसको छायांकन चैत दोस्रो सातादेखि सुरू हुने भएको छ।

आफ्नो फेसबुकमा स्टाटस लेख्दै निर्देशक दीपेन्द्रले निर्माताको रूपमा दीपक मनांगे जोडिएको बताएका हुन्। ‘कोरोनाका कारण रोकिएको हाम्रो फिल्म ‘२ नम्बरि’ को छायांकन ठ्याक्कै एक वर्षको विश्रामपछि अर्थात् आगामी चैतमा सुरू गर्ने भएका छौं,’ उनले लेखेका छन्, ‘निर्माताका रूपमा दीपक मनांगे थपिनु भएको छ।’

निर्देशक दीपेन्द्रले यसअघि फिल्म ‘घामपानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन्। ‘२ नम्बरे’ मा निर्माताको रूपमा दीपक मनांगे थपिनुअघि रोहित कट्टेल र सरोज नेपाली फिल्मका निर्माता थिए। फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने सहायक निर्माताका रूपमा अमला देवी राई छिन्।

फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत, बुद्धि तामाङ र भुटानी अभिनेत्री उगेन छोदन मुख्य भूमिका हुनेछन्। लकडाउनअघि यसको २५ प्रतिशत सुटिङ सकिइसकेको निर्देशक दीपेन्द्रले बताएका थिए।

प्रतिक्रिया