२ महिनादेखि आइरहेको गन्धलाई बेवास्ता गर्दा ६ जनाको मृत्यु

रिता घिसिंग

एजेन्सी : इङल्याण्डको वेल्समा एक फार्महाउसमा रहने एक परिवारले २ महिनादेखि अनौठो गन्ध महसुस गरिरहेका थिए । तर उनीहरु कसैले पनि त्यो गन्धलाई खासै चासो दिएनन् । उनीहरुलाई थाहै थिएन कि त्यो गन्धले त्यहाँ निकै भयानक परिणाम ल्याउनेछ । अन्ततः २ महिनापछि त्यहाँ भिषण आगलागी भयो। आगलागीमा परि परिवारका ६ जनाको मृत्यु भएको छ । मृतकमध्ये ५ जना बालबालिका थिए । यो घटनाको अनुसन्धानमा प्रहरीले अहिलेसम्म झण्डै ९ करोड खर्च गरिसकेको छ ।

पोविसको लांगममार्क वेल्समा बस्ने डेविड कथबर्टसनको गतवर्ष ३० अक्टोबरमा भयानक आगलागीमा परेर मृत्यु भएको थियो । यो दुर्घटनामा डेभिडका पाँच बच्चा पनि मारिएका थिए । मृतक बालबालिकाको उमेर ४ देखि १ वर्षको बीचमा थियो । घटनास्थलबाट ३ बच्चा बच्न सफल भएका थिए जसले छिमेकीको घरमा गएर खतराको अलार्म बजाएपछि उद्धार गरिएको थियो । घटनापछि भएको अनुसन्धानमा पत्ता लागेको छ कि त्यहाँ भएका परिवारका सदस्यले २ महिना अघिदेखि नै अनौठो गन्ध महसुस गरिरहेका थिए ।

डेभिडकी प्रथम पत्नीका छोरा रबिनका अनुसार परिवारले २ महिना पहिलेदेखि नै अनौठो गन्ध महसुस गरिरहेका थिए । उनले यसबारे पितालाई पनि भनेका थिए । तर कसैले पनि थाहा पाउन सकिरहेका थिएनन् कि यो गन्ध कहाँबाट आइरहेको छ । अनुसन्धानमा थाहा भयो कि त्यहाँ आइरहेको गन्ध ज्वलनशील ग्यासको थियो । त्यहाँ ग्यासको ठूलो स्टक राखिएको थियो तर परिवारलाई यसबारे जानकारी थिएन । त्यो घरमा पानी तताउने सिस्टम सधैं अन रहन्थ्यो र त्यहाँ बोनफायर नाइटको लागि पटाकाको स्टक पनि राखिएको थियो । यही कारण त्यहाँ आगलागी भएको हो।

प्रतिक्रिया