२ लाख ८० हजार चोरेर फरार भएका कुशक चन्दलाई रकम फिर्ता गर्न आग्रह

admin

खगेन्द्र हमाल
सुर्खेत : कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत स्थित भेरीगङ्गा नगरपालिका जहरे बजारमा संचालक रहेको कर्णाली सिजा कोल्ड सेन्टरमा काम गर्ने अन्दाजी बर्ष २१ का कुशल चन्द नाम गरेका ब्यक्तिले नगद पैसा २ लाख ८० हजार चोरी गरेर फरार भएर अहिलेसम्म सम्पर्कमा नआएको उक्त पसलका संचालक श्याम रोकायले जानकारी दिनुभएको छ।

कोल्ड सेन्टर संचालक श्याम रोकायले भने कुशल चन्द चिङ्गाड गाउँपालिका वडा न:४ मटेला(स्याला गाउँ)निवासी बुवा खड्क बहादुर चन्द र आमा नैनसरा चन्दको छोरा हुन।निज चन्दलाई २०७५ साल पौष १ गते देखि काममा राखिएको थियो।झण्डै एक महिना काम गरेका कुशल चन्दले २०७५ साल माघ १ गत्ते बेलुकी ५ बजे दराजमा राखेको नगद दुई लाख ६५ हजार र खुद्रा पैसा १५ हजार गरेर जम्मा २ लाख ८० हजार चोरी गरि फरार भएका थिए।

रोकायका अनुसार निज चन्दलाई तत्काल खोजी गरेर उसले लिएको रकम अशुल गरि कानुनी कारबाही गरिपाउ भनी ईलाका प्रहरी कार्यलय छिन्चुमा निवेदन दिएको पनि जानकारी गराए।उनले दिएको निवेदन दर्ता नम्बर १६२ रहेको छ।ईलका प्रहरी कार्यलय छिन्चुमा निवेदन दिएपछि ईलाका प्रहरी कार्यलय छिन्चुले मटेला प्रहरी चौकिलाई जानकारी गराएको बताए।

त्यसपछि कुशल चन्दको घरमा गएर घरपरिवारलाई सोधपुछ गर्दा आफुहरुलाई यो बारेमा कुनैपनी जानकारी नभएको र निज कुशल चन्दसङ्ग सम्पर्क नरहेको चन्दका घरपरिवारले जानकारी दिएको बताए।उनले भने कुशल चन्दले चोरी गरेको यतिका दिन बितिसक्दा पनि घरपरिवारले यो बारेमा खासै चासो नदेखाएकोले निज कुशल चन्दले तत्काल चोरी गरेर लगेको रकम फिर्ता नगरेमा आफ छिटोभन्दा छिटो कानुनी प्रक्रियामा जाने जिकिर गरे।उनले भने प्रहरी प्रशासन प्रती ठुलो विश्वास रहेकोले ढिलो चाडो आफुले न्याय पाउने दावी गरे।

प्रतिक्रिया