३३ किलो सुन प्रकरणमा सर्वोच्चको फैसला – गोल्यान धरौटीमा छुट्ने

राष्ट्रिय समाचार समिति

काठमाडौं, साउन १७ : सर्वोच्च अदालतले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्या प्रकरणमा संलग्न सबै अभियुक्तलाई धरौटी र साधारण तारिखमा छाड्न आदेश दिएको छ। शुक्रबार सर्वोच्च अदालतले उच्च अदालत विराटनगरको धरौटी आदेशलाई सदर गर्दै उक्त निर्णय सुनाएको हो। अभियुक्तलाई थुनामा राखेर कारवाही अगाडि बढाउनुपर्ने मागसहित सरकारी वकिलले सर्वोच्च अदालतमा निवेदन दिएको थियो।

उच्च अदालत विराटनगरले धरौटी रकम मागेका अभियुक्तहरुले मुद्दाको पुर्पपक्षका लागि साधारण तारिखमा बस्न पाउनुपर्ने मागसहित छुट्टै निवेदन दिएका थिए।  सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मलता माथेमाको संयुक्त इजलासले सुन प्रकरणमा मुछिएका व्यवसायी महावीर गोल्यानलाई १० लाख रुपैयाँ धरौटी रकम तोकेको छ।

उनलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सर्वोच्चको यो निर्णयसँगै ३३ किलो सुन प्रकरणमा मुछिएका ३१ अभियुक्तले थुना बाहिर बसेर मुद्दा लड्न पाउने भएका छन्। उक्त प्रकरणमा आदेश गर्ने विराटनगर उच्च अदालतका सात न्यायाधीशमाथि न्यायपरिषद्ले छानबिनसमेत गरेको थियो।

प्रतिक्रिया