३७ लाख ठगिको आरोप लागेका सोनाक्षी सिन्हालाई पक्राउ नगर्न कोर्टले दियो आदेश

रिता घिसिंग

पिएनपिखबर : ३७ लाख ठगिको आरोपमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई ठुलो राहत मिलेको छ। उनको गिरफ्तारको आदेश इलाहाबाद हाई कोर्टले रोकी दिएको छ। जज नाहीद.आर.मोनीस र वी.के.श्रीवास्तवले सोनाक्षीको वकील इमरान उल्लाहको बयान सुनेर आरोप पत्र दाखिल भएसम्म पक्राउ नगर्न आदेश दिएका हुन् ।

केहि दिन अघि मुरादाबादमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध ३७ लाख रुपैयाँ ठगीको आरोपमा मुद्दा दर्ता गरिएको थियो। आरोप यो थियो कि सोनाक्षीले कार्यक्रमको लागि पहिले पैसा लिएर शोमा आइनन् । आयोजक प्रमोद शर्माले पुलिसमा यसबारे उजुरी गरे तर पुलिसले आरोपीहरु विरद्ध कुनै कारवाही गरेको नमानेपछि यसबाट दुखी भएर प्रमोदले १३ फेब्रुअरीमा विष पिएर आत्महत्याको प्रयास गरे । अहिले आएर यस विषयमा मुद्दा दर्ता गरिएको हो । 

कटघर इलाकाको शिवपुरी गाउँमा प्रमोद शर्माले गएको २४ नोभेम्बरमा मुरादाबादका एसएसपीसँग सोनाक्षी सिन्हाविरुद्ध उजुरी गरेका हुन्। प्रमोदका अनुसार उनले ३० सेप्टेम्बरमा दिल्लीमा इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रम आयोजना गरेका थिए । यसमा अवार्ड बाँड्नको लागि सोनाक्षी आउनुपर्ने थियो । यसका लागि प्रमोदले ट्यालेन्ट फूल अन कम्पनीसँग सम्झौता गरेका थिए ।  

प्रतिक्रिया

सम्बन्धित समाचारहरू