३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

admin

काठमाडौं, कात्तिक २८: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ । निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो ।


निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ । यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । यो समाचार आजको नागरिक दैनिकमा मिनराज भण्डारीले लेखेका छन् ।

प्रतिक्रिया