४० हजार घुससहित मालपोतका खरिदार पक्राउ

admin

बुटवल, पुस २३ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले मालपोत कार्यालय नवलपरासीका खरिदार नेत्रबहादुर चौधरीलाई ४० हजार घुस रकमसहित बुधबार रंगेहात पक्राउ गरेको छ।

भूमिसुधार तथा मालपोत कार्यालय पश्चिम नवलपरासीका खरिदार चौधरीले सेवाग्राहीबाट जग्गाको बाँडफाडमा सहजीकरण गरिदिने भन्दै ४० हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन्। आयोगको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले ‘स्ट्रिङ अपरेश’का क्रममा उनलाई घुस दिँदै गर्दा नियन्त्रणमा लिएको बताए।

उनलाई आयोगको कार्यालय बुटवलमा राखिएको छ। बुटवल उपमहानगरपालिका बुद्धनगर घर भएका उनलाई थप अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ।

प्रतिक्रिया