४५ डिग्रीको गर्मीबाट बच्न गाडीलाई गोबरले लिपिदिएपछि

रिता घिसिंग

एजेन्सी : हाम्रो गाउ घरमा घरको भित्ता र जमिन गोबरले लिप्ने गरिन्छ । गोबरले घरको भित्ता र जमिन लिप्नाले शित्तल हुने बिश्वास पनि गरिन्छ । धार्मिक बिश्वास अनुसार पनि घरको भित्ता र जमिन गोबरले लिप्नु पनि राम्रो मानिन्छ । यस्तै भारतको अहमदाबादमा कारलाई गोबरले लिपिएको छ ।

गर्मीबाट बच्न भन्दै कारलाई गाइको गोबरले लिपेको बताइएको छ ।अहिले कारलाई पुरै गोबरले लिपेको फोटो सामाजिक सन्जाल फेसबुकमा निकै भाईरल भैरहेको छ । गोबरले लिपेपछि गर्मिमा सित्तल र जाडोमा न्यानो हुने बिश्वासले होला गाडी लिपिएको । यो तस्बिर हेर्दा धेरैले अनौठो मानेका छन् ।

यसैक्रममा रुपेश गौरंग दासले उक्त गाडीको फोटो फेसबुकमा राख्दै लेखेका छन् । मैले देखेको गोबरको सबैभन्दा राम्रो सदुपयोग । तस्बिर राख्ने फेसबुक प्रयोगकर्ताले भन्छन् ४५ डिग्रीको गर्मी बच्न गाडीलाई गोबर लिपिएको हो । गाडी श्रीमती सेजल शाहको रहेको उनले बताएका छन् । अहिले यो तस्बिर निकै भाइरल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू