४५ वर्षीया महिला २४ बर्षिय युवकको प्रेममा परेपछि, भन्छिन् ‘शुरुमा लाज लाग्यो’

रिता घिसिंग

एजेन्सी : अस्ट्रेलियाकी एक ४५ वर्षीया महिलाले २४ वर्षीय युवकसँग प्रेम गरिन् । दुबैको उमेरमा २१ वर्षको फरक भए पनि दुबैका परिवारमा यो सम्बन्धलाई लिएर कुनै समस्या छैन । यो जोडीको प्रेम ५ वर्ष पहिला शुरु भएको थियो ।

त्यति बेला सो युवक ती महिलाको घरमा भाडामा बस्न आएको थियो । खास कुरा यो पनि छ, महिलाका ९ बच्चा छन् । र ती महिलाको उमेर हुनेवाली सासुभन्दा पनि धेरै छ । यो जोडीलाई देखेपछि मानिसहरु आमा छोरा बुझ्छन् । तर, पनि यो जोडी बिहे गर्न तयार भएको छ ।

यो स्टोरी अस्ट्रेलियाको पर्थ सहरकी ४५ वर्षीयाँ नर्स टीना डिक्सन र उसको २४ वर्षीय केमिकल प्लान्ट वर्कर ब्वोयफ्रेण्ड ब्रैंडन डिक्सनको हो । यो कपल गएका पाँच वर्षदेखि रिलेशनसिपमा छ । र छिटै बिहे गर्ने तयारीमा पनि ।

ब्रैंडनको यो पहिलो बिहे हुनेछ भने टीनाको तेस्रो । टिना यसभन्दा पहिला दुई पटक विहे भएकी विवाहित महिला हुन् । टीना आफूभन्दा २१ वर्ष कान्छा बैंडनको प्रेममा पागल भएकी छन् । उनी आफ्नी हुनेवाली सासुभन्दा पनि जेठी हुन् ।

पहिलो बिहेबाट टीनाका ३ बच्चा सामंथा (२८), ब्री (२७) र क्रिस्टोफार (२५) भए, यी ३ नै बैंडनभन्दा जेठा हुन् । त्यस्तै मंगेतर बैंडनबाट उनका दुई बच्चा इलिजा (४) र टोनी (२) छन् ।

टीनाले यो अनौठो प्रेम सम्बन्धबारे भनिन्, ‘शुरुमा त यो निकै अनौठो र लाज लाग्ने खालको थियो । हामी पब्लिक प्लेसमा एकअर्काको हात समाप्त पनि लजाएका थियौं । तर, विस्तारै यस्ता चिजलाई अभाईड गर्न सिकेऔं ।’

उनले अगाडी भनिन्, ‘हामीलाई देखेर कसैलाई अनौठो वा गलत लाग्छ वा नकरात्मक कमेन्ट गर्न भने यो उनीहरुको समस्या हो हाम्रो होइन । हाम्रो लागि हामी दुबैका परिवार निकै खुसी छन् ।’

यी दुईको पहिलो भेट २०१३ मा भएको थियो । त्यतिबेला बैंडन टीनाको घरमा भाडामा आएका थिए । टीनाले उसको साथ रिलेशनसिपका बारेमा सपनामा पनि नसोचेको बताइन् । उनले भनिन्, ‘उ मेरो टाइपको थिएन, हाम्रो उमेरमा निकै खाडल थियो, मलाई आफ्नै उमेरका मानिस मन पर्थे ।’

उनले भनिन्, ‘हाम्रो भेट भएको ३ महिनापछि उसले डेटमा जाने विषयमा सोध्यो । त्यो बेला म निकै खुसी भएँ । किनकी यो मेरा लागि बिल्कुल नयाँ अनुभव थियो । तर, यसै कारण म थोरै डराएँ पनि । तर फेरि हामीबीच दुरी कम भयो ।’

करिब ६ महिना लुकेर डेट गरेपछि यी दुबैले आ-आफ्नो परिवारलाई आफ्नो प्रेम सम्बन्धबारे जानकारी गराए । यो कुरा सुनेपछि दुबैका परिवार खास गरी टीनाका बच्चालाई झट्का लाग्यो । किनकी उमेरको फरकका कारण यो सम्बन्ध टिकाउ हुनेमा उनीहरुले विश्वास गरेनन् । तर, बैंडनले उनीहरुको ख्याल गरेको देखेर उनीहरु पनि तयार भए ।

आफ्नो सम्बन्धको खुलासा गरेपछि यो जोडीले आफ्नो परिवारलाई पनि अगाडि बढायो । यसै क्रममा टीनाले छोरी इलिजालाई २०१४ मा जन्म दिइन् भने २०१६ मा छोरो टोनी जन्मियो ।

प्रतिक्रिया