४९ जना शहीदका परिवारलाई ५-५ लाख रुपैया प्रदान गर्दै अमिताभ बच्चन

रिता घिसिंग

पिएनपिखबर : बलिउडका बादशाह अमिताभ बच्चनले  पुलवा आतंक हमलामा शहिद भएका जवानहरुको परिवारलाई आर्थिक सहयोग गर्ने भएका छन्। बच्चनले शहिदका परिवारलाई ५-५ लाख उपलब्ध गराउने घोषणा गरेका छन्। अहिले अमिताभ सहायता रकम चाडै वितरण गर्ने सरकारी स्रोतको खोजी गरिरहेका छन्। 

 

अमिताभले कुल २ करोड २५ लाख रकम सहयोग गर्ने घोषणा गरेका छन्। यी रकम सबै ४९ शहिद जवानका परिवारलाई प्रदान गरिनेछ। यो रकमलाई शहिदका परिवारलाई पुर्याउनका लागि उचित प्रक्रिया खोजिरहेका छन्। यसका साथै उनले उत्तर प्रदेशको १३९८ जना किसान र महाराष्ट्रको ३५० किसानको ऋण तिर्दिएका थिए। 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू