४ महिनासम्म बोल्न नसकेको पिडा र्यापबाट पोखियो : र्यापर अलिष यम (भिडियो)

मनिषा थापा

पिएनपिखबर : र्यापर यम बुद्ध, लाउरे, भिटेन र्याप क्षेत्रमा सबैले सुनेकै नाम हो। कति त उनीहरुबाट नै उत्प्रेरित भएर पनि र्यापर बनेका छन्। र्याप सुन्दै हुर्केका चितवनको रत्ननगर – २ मा बस्ने अलिष यम पनि यस्तै र्यापरको अनुशरण गरेर र्याप क्षेत्रमा लागि परेका हुन्। उनी र्यापर स्व. यम बुद्धका निकै ठुला फ्यान भएको कारण आफ्नो नामको पछाडी यम राखेका हुन्। यम बुद्धलाई गुरु मान्ने उनी यमको हरेक गीतबाट प्रभावित छन्।

उनले युवापुस्ताको पढाई, मायाप्रेम जस्ता समसामायिक र सामाजिक विषयहरु समेटेर आफैले रचेर गीत गाउने गरेका छन्। उनी भन्छन, ‘मलाई र्याप लेख्न २ मिनेटपनि लाग्दैन। मलाई ‘गड गिफ्टेड’ जस्तो लाग्छ र्याप।’ उनी र्यापको साथसाथै फुटबल खेल्नमा पनि रुचि राख्छन। यम बुद्धलाई आफ्नो आदर्श मान्ने अलिषले उनको मृत्युपछि सम्झनामा रचेको र्याप पनि बजारमा ल्याएका थिए जसले निकै चर्चा पायो।

उनी जति प्रयास गर्यो त्यति नै दिमाग तिखारिनेमा विश्वास राख्छन। उनी भन्छन, ”जिब्रोमा ट्युमर आएर ४ महिना बोल्न सकिन र आफ्ना कुरा पानामा उतारे। त्यसपछि म र्यापमा लागि परे। अहिले मलाई यसको नसा लागेको छ।”

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू