५० लाखको बजेटले गरेको काम एक करोड बराबरको

शर्मिला गुरुङ

काठमाडौँ, २१ साउन : ललितपुरको महालक्ष्मी नगरपालिकाको चारघरेमा निर्माण भएको सडक नमुना भएको भन्दै जनप्रतिनिधीहरुले प्रशंसा गरेका छन् । सिद्धिपुर चारघरे गोदावरी खोलाको पुलदेखी चारघरे गाँउ सडक उपभोक्ता समितिले निर्माण खर्च सार्वजनिक गर्न गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधीहरुले निर्माण कार्य पारदर्शी भएको भन्दै प्रसम्सा गरेका हुन् ।

सांसद कृष्णलाल महर्जनले प्रदेश सरकारबाट विनियोजन भएको ५० लाखको बजेटले गरेको काम एक करोड बराबरको भएको भन्दै प्रशंसा गर्नुभयो । प्रदेश सांसद माधव पौडेलले आफुले पहल गरेर ल्याएको बजेटको सहि सदुपयोग भएकोले थप बजेट विनियोजन गर्नको लागि आफु उत्प्रेरित भएको बताउनुभयो । नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सबै वडा अध्यक्षहरुलाई यस्तै नमुना काम गर्नको लागि उपभोक्ताहरुलाई अभिप्रेरित गर्नको लागि निर्देशन दिनुभयो ।

उपभोक्ता समितिका कोषध्यक्ष नारायण खड्काले उपभोक्ताहरु र स्थानीय सहयोगीहरुको सकृयताबाट कम बजेटमा धेरै काम गर्न सकिएको बताउनु भयो । कार्यक्रममा सबै खर्चको विवरणलाई पारदर्शि ढंगले प्रस्तुत गरेर जनताको प्रतिकृया तथा प्रश्न राख्न दिईएको थियो । निर्माणमा करोडौं रकम घोटाला भैरहेको खवरहरु देशैभरिबाट आईरहेको बेलामा ललितपुरको चारघरेका उपभोक्ताले जस्तै काम आम नागरिकले गर्नु पर्ने आवस्यकता देखिएको छ ।

प्रतिक्रिया