५ रुपैयामा भक्का बेचेर गुजारा चलाउँदै सिता दिदी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : झापा र मोरङमा पाइने लोकप्रिय परिकारको नाम हो भक्का। जुन चामलको पिठोबाट बनाईन्छ। हेर्दा सेतो अनि गोलो आकारको देखिने भक्का पूर्वी नेपालमा भने प्राय सबैको बोलीमा सुन्न सकिन्छ। विशेष गरेर जाडो महिना शुरु भएसँगै भक्का बनाउने गरिन्छ।

मोरङ घर भएकी सिता राजवंशीले विगत १० वर्ष देखि भक्का बेच्दै आईरहेकी छिन्। जति मिठो स्वाद छ त्यति नै सस्तो दाम पनि। सिताले ५ रुपैयाको दरले भक्का बच्ने गरेको बताईन। उनले भक्का बेचेर दिनमा ६/७ सय रुपैया कमाउछिन।

भक्का व्यापारबाटै उनले घरको खर्च धानिरहेकी छिन। अरु समय घरको कामकाज गर्नु पर्ने भएकोले उनले विहानको समय मात्रै भक्का बेच्ने गर्छिन। उनी भक्का व्यापारबाट आफु सन्तुष्ट भएको बताउँछिन्।

झापा, मोरङमा मात्रै हैन पछिल्लो समय राजधानी काठमाडौँमा पनि भक्का बेच्दै आएको पाइन्छ। काठमाडौँको धेरै स्थानहरुमा भक्का सजिलै पाउन सकिन्छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू