६३ बर्षको उमेरमा कलेज पढ्दै शम्भु प्रसाद सापकोटा, यसकारण रोजे पत्रकारिता विषय [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। शम्भु प्रसाद सापकोटको पुर्खौली घर कुशादेवी, पनौती हो। हाल उनी चुच्चेपाटी बस्दै आएका छन्। अहिले उनको घरबार सम्पत्ति नै यतै चुच्चेपाटीमा छ। उमेरले उनी ६३ वर्ष भए। बुढो भयो तर उनको मन भने अझै बुढो भएको छैन। मन बुढो यसकारणले भएको छैन की उनले अहिले यो उमेरमा आएर पढिरहेका छन्।

समाजमा यस्तो उदाहरण एकदम देखिन्छन्। कोहि कसैले अलि बृद्ध उमेरमा पढी हाले पनि समाजलाई अपाच्य हुन्छ। उदाहरण कै लागि नायिका करिश्मा मानन्धरले कक्षा १० पढे पछि कतिले प्रशंशा गरे त कतिले प्रतिवाद। यस्ता थुप्रै अरु उदाहरण पनि छन्। जस मध्य एक हुन् शम्भु प्रसाद सापकोटा।

उनले आफ्नो पढ्ने समयमा बिभिन्न बाध्यताका कारण पढ्न पाएनन्। आफुले नपढे पनि आफ्ना सन्तानलाई हुर्काए, पढाए अनि बढाए। अहिले उनका सबै छोरा छोरि अस्ट्रेलियामा छन्। उनी पनि धेरै पटक अस्ट्रेलिया पुगेर आइसके।

विदेशी भूमिमा आफुले अंग्रेजी बोल्न नजान्दाको पिडा महसुस गरेर साथै बुढेशकालको समय सदुपयोग गर्ने उदेश्यले उनले फेरी पढ्न शुरु गरेको उनले बताए। एक दिन बाटोमा हिड्दै गर्दा उनले एकै चोटी कक्षा १० पास गर्न मिल्ने प्रावधान भएको विद्यालयको विज्ञापन देखे।

विज्ञापन पछ्छाउदै गए। कक्षा १० पास गरे। अहिले उनी सुकेधारा स्थित ब्रुकलिन कलेजमा कक्षा ११ मा अध्ययनरत छन्। पत्रकारिता विषय लिएर अहिले उनले अध्ययन गरिरहेका छन्।

यो उमेरमा किन पढ्नु पर्यो ? पढेर के हुन्छ ? जस्ता प्रश्न उनी माथि नबज्रिएको होइन तर उनले यस्ता कयौ प्रश्नको बेवास्ता गर्दै आफ्नो पढाईलाई निरन्तरता दिइरहे। उनी भन्छन् ,’म बाचुन्जेल पढी रहनेछु। ‘

केहि समय अघि उनी राजनीतिमा समेत लागेका थिए। आफ्नो अनुभवले भ्याय अनुसार उनले राजनीतिमा परिवर्तन ल्याउनुपर्ने बताए। उनले पत्रकारिता पढ्नुको कारण पनि यहीँ नै हो।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू