६ बर्षिय आफ्नै छोरीलाई बलात्कार गरि हत्या गर्ने यी कस्ता पिता

रिता घिसिंग

पिएनपिखबर : ६ बर्षिय नाबालिकामाथि बलात्कार गरेपछि घाँटी थिची हत्या गरेको आरोपमा पिता अफजल खानलाई न्यायाधीश कुमुदिनी पटेलले फाँसीको सजाय सुनाएको छ। न्यायाधीशले आफ्नो फैसलामा सुनाएको छ ‘अफजललाई जबसम्म फाँसीमा झुण्डाउ जबसम्म उसको मृत्यु हुदैन।’

न्यायाधीशले अफजललाई यस्तो घृणित काम गर्नेबेला तिम्रो मनमा अलिकति पनि मन दुखेन ? भनि सोध्दा आरोपी अफजलले यस्तो जवाफ दिए कि जुन सुनेर त्यहाँ रहेका मानिस सब चकित परे। अरोपिलाई शंका थियो कि बालिका उनको छोरी होइन, त्यसैले बालिकामाथि यस्तो घृणित काम गरेका हुन्। घटना १५ मार्च २०१७को लालघाटी स्थित बरेला गाउको हो। ६ बर्षिय बालिकालाई आफ्नै घरको पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो।

बालिकाको हत्यापछि पिताले प्रहरीलाई शंकास्पद मृत्यु भएको भनि खबर गरेका थिए। तर पोस्टमार्टम रिपोर्टमा बालिकामाथि बलत्कार भएको र घांटी थिची हत्या गरेको खुलासा भएपछि प्रहरीले डीएनए टेस्ट मार्फत आरोपी आफ्नै पिता रहेको पत्ता लगाए।

प्रतिक्रिया