६ वर्षीया छोरीमाथि पटकपटक ब’लात्का’र गर्ने बाबु प’क्राउ

admin

काठमाडौं, मंसिर १४ : आफ्नी ६ वर्षीया छोरीमाथि पटकपटक ब’लात्का’र गर्ने बुवा प’क्राउ परेका छन्। भारत मुजफ्फरपुर घर भएका र हाल सर्लाही हरिपुर-६ स्थित ससुराली बस्दै आएका ३५ वर्षीय पुरुषलाई प्र’हरीले आइतबार प’क्राउ गरेको हो।

उनलाई इलाका प्र’हरी कार्यालय हरिपुरबाट खटिएको टोलीले प’क्राउ गरेको हो। जिल्ला प्र’हरी कार्यालय सर्लाहीका प्रवक्ता प्र’हरी नायब उपरीक्षक मदन कुँवरका अनुसार उनका दुई छोरा र एक छोरी छन्। उनीहरू इँट्टा भट्टामा मजदुरी गर्थे। प्र’हरीका अनुसार उनीहरू सोही इँट्टा भट्टाको झुपडीमा बस्थे। करिब २०/२५ दिनअघि पनि बुवाले आफ्नी छोरीलाई राति ब’लात्का’र गरेका थिए।

सो कुरा छोरीले आमालाई बताएकी थिइन्। तर उनले सो घ’ट’नापछि आफ्ना श्रीमानलाई गाली गरी ‘एक पटकलाई छाडेको’ प्रवक्ता कुँवरले बताए। तर बुवाले शुक्रबार राति सुतिरहेकी छोरीलाई उठाएर पुन: ब’लात्का’र गरेका थिए। उक्त घ’टना बालिकाले शनिबार बिहान आमालाई बताएपछि ‘अति भयो’ भन्दै ‘प्रहरीकहाँ जाहेरी दिएकी थिइन्।

उजुरीपछि प्र’हरीले बुवालाई प’क्राउ गरेको हो। ‘हामीले उनलाई किन यस्तो गरेको भनेर सोधेका थियौं। श्रीमतीको स्वास्थ्यका कारण डाक्टरहरूले सम्बन्ध नराख्न भनेपछि छोरीमाथि ब’लात्का’र गरेको भनेका छन्,’ प्रवक्ता कुँवरले भने।

पी’डित र पी’डक दुवैलाई स्वास्थ्य परीक्षणका लागि सर्लाही जिल्ला अस्पताल पठाइएको छ। आरोपितमाथि प्र’हरीले ज’बरजस्ती कर’णी कसुर अन्तर्गत जिल्ला अदालत सर्लाहीबाट ५ दिन म्याद लिई अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया