७० वर्षमा एमए पास गरेकी नानीमैया श्रेष्ठलाई पढ्न उमेरले छेकेन

मनिषा थापा

पिएनपिखबर : ‘पढ्नलाई उमेरले छेक्दैन’ भन्ने उदारहण ७० वर्षिया नानी माया श्रेष्ठले एमए पास गरेर बनिन्। गत पुस ३ गते ४५ औ दिक्षान्त समारोहमा कालो टोपी र सोही अनुसारको पोशकमा सजिएर सहभागी हुन् पुगिन उनी। धेरैको आँखा उनीमा परे। यति सम्मकी उनले उक्त पोशाकमा खिचाएको तस्विर सामाजिकसंजालभर नै छायो।

ललितपुरको महालक्ष्मीस्थान घर भएकी नानीमैयाँले एमए पास गरेकोमा निकै हौसला मिलेको बताउछिन्। २०२८ सालमा नेपाली र अर्थशास्त्र विषय लिएर उनी बिए पढ्न भर्ना भइन्। त्यसपछि उनको मागी विवाह भयो। उनका दुई छोरी र एक छोरा भए। घर, गृहस्थीले गर्दा ब्याचलर पास गरेर उनले पढ्न छाडेकी थिइन्। त्यसपछि उनको सपना एमए पास गर्नु थियो जुन अहिले पुरा भएको छ। २०७१ सालमा नेपाल भाषा केन्द्रीय विभाग, पाटन क्याम्पस भर्ना भइन्। उक्त क्याम्पसबाट उनले नेपाली भाषामा एमए पास गर्न सफल भएकी हुन्।

उनले आफ्नो जीवनकालको भोगाईलाई एक पुस्तकमार्फत उतारिन। त्यसमा उनले आफ्नो बाल्यकाल हुँदा मुस्किलले पढ्न पाएको कुरा देखि अहिलेसम्मको कथा लेखेकी छिन्।

उनले २०४० सालबाट पढाउन थालेकी उनको जागिर ८ वर्षपछि मात्र स्थायी भयो। २७ वर्ष पढाएपछि उनी २०६६ सालमा उमेरका आधारमा सेवानिवृत्त भइन्। स्थायी नियुक्ति ढिला भएकाले पेनसन आएन। अहिले उनी आफ्नो प्रयास र आत्माबलले सफलता पाइन्। उनी धेरैको लागि प्रेरणाको श्रोत बनेकी छिन्।

हेर्नुहोस पिएनमिडियामाडटकमसँग नानी माया श्रेष्ठले गरेको कुराकानी :

प्रतिक्रिया