८३ जना यात्रु बोकेको जेट विमान दुर्घटनाग्रस्त

admin

काठमाडौं: पूर्वी अफगानिस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ। राजधानी काबुलको दक्षिणपश्चिम स्थित गजनी जिल्लाको डह याक मा विमान दुर्घटनाग्रस्त भएको प्रान्तिय गभर्नरको कार्यालयका प्रवक्ता आरिफ नुरीले बताएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

फाइल फोटो

सरकारी स्वामित्वमा रहेको एयरलाईन एरियानाद्धारा सञ्चालित विमान दुर्घटनामा परेको अधिकारीहरुलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ।  विमानमा कति मानिस सवार थिए? कति हताहत भए भन्नेबारे स्पष्ट भइनसकेको अधिकारीहरुले जनाएका छन्।

टोलो न्यूजले उल्लेख गरेअनुसार तालिवान नियन्त्रीत क्षेत्रमा विमान दुर्घटनामा परेको र दुर्घटनास्थ्लमा अफगान विशेष फोर्स परिचालन गरिएको छ।

प्रतिक्रिया