अजय देवगनले पत्नी काजोलको ह्वाट्सपको नम्बर ट्विटरमा शेयर गरेपछि

रिता घिसिंग

एजेन्सी : बलिउडका अभिनेता अजय देवगनले पत्नी तथा नायिका काजोलको निजी मोबाईल नम्बर ट्विटरमा शेयर गरेका छन्। जसका कारण अहिले उनी ट्रोल बनेका छन्। अजयले आफ्नो भेरिफाई भएको अकाउन्टबाट काजोलको मोबाईल नम्बर साँझ ५ बजेर ११ मिनेट जाँदा पोष्ट गरेका हु्न्।

उनले लेखेका छन्, काजोल अझै देशमा छैनन् उनलाई ह्वाट्सपको नम्बर ९८२६०XXXXX मा कन्ट्याक गर्न सक्नुहुनेछ। काजोल केही समयदेखि चलचित्रको प्रमोशनका लागि देश बाहिर प्रचार प्रसारमा छन्।

अजय देवगनको यो ट्विट पछि सोशल मिडियाका कमेन्टको ओईरो लागेको छ। भारतीय कानुनका अनुसार कुनै जानकारी बिना नै कसैको प्राईभेट जीवनमा असर पर्ने खालको काम गरेमा उसलाई तीन वर्षको कैद र २ लाख जरिवना हुनेछ । तर यहाँ अजय देवगनलाई भने यो कारवाही हुनेछैन किनकी उनी काजोलका पती हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू