श्रीमान रमाइलोका लागि बेश्यालय जाँदा आफ्नै श्रीमतीसंग भेट भएपछि

रिता घिसिंग

एजेन्सी : श्रीमान–श्रीमती एक स्थानीय बेश्यालयमा एकअर्कालाई देखेपछि चकित परेका छन् । जहिले श्रीमानले अन्य खर्च गर्नको लागि श्रीमतीलाइ पैसा दिन खोज्थे तब श्रीमतीले आफूसँग पर्याप्त पैसा छ भन्ने गर्थिन् । यसरी श्रीमतीले आफूसँग पर्याप्त पैसा भएको कुरा गर्दा किन पर्याप्त पैसा श्रीमतीसग हुन्छ भन्ने श्रीमानले सोच्न भ्याएनन् । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरु बिच रहेन ।

श्रीमानले कहिलेकाही सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ र उनले श्रीमानलाई रातिराति पार्ट टाइम काम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।श्रीमानले भने– म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू