आलिया र रणवीरले गोप्य इंगेजमेन्ट गरेको खुलासा !

मनिषा थापा

एजेन्सी  :  २८ सेप्टेम्बर बलिउड अभिनेता रणवीर कपुरको जन्मदिनको अवसरलाई पारेर बलिउडका दुई ठूला परिवार कपुर र भट्टले आफ्नो मित्रतालाई औपचारिक रुपमा नातेदारीमा बदल्ने फैसला गरेका छन् ।

पछिल्लो हप्ता रणवीर र आलिया भट्टले गोप्यरुपमा इंगेजमेन्ट गरेको खबर अहिले बलिउडमा चर्चामा छ । यद्यपि यस खबरबारे हालसम्म कसैले पुष्टि भने गरेको छैन ।

तर यी दुवैले अबका दिनमा साथै रहने फैसला गरेका छन् । यी दुईको इंगेजमेन्टको चर्चा तब बाहिर आयो जब सामाजिक सञ्जालमा रणवीरकी आमा नितु सिंहले पोस्ट गरेको एउटा तस्वीरमा यी दुवै आफ्ना आमाहरुसँग देखिएका छन् ।

रणवीरको जन्मदिनको अवसरमा नितू सिंहले त्यस तस्बिर सामाजिक सञ्जालको अकाउन्टमा पोस्ट गरेकी थिइन् ।

जानकारहरुका अनुसार त्यस प्रकारको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि बाहिर यसको चर्चाहरु ज्ञानको वावजूद पनि नितूले त्यसलाई पोस्ट गर्नुले पारिवारिक गठबन्धनबारे उनी खुल्न चाहन्छिन् भन्ने संकेत गरेको छ ।

बिटाउनमा चलेको चर्चा अनुसार रणवीरको जन्मदिनको अवसरमा यी दुईले निकै नै साधारण परम्परागत कपडामा इंगेजमेन्ट गरेका थिए । दुवै परिवारले २०२० सम्म रणवीर र आलियाको विवाह सम्पन्न गराउने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू