सोनालीपछि ऋषि कपुर पनि क्यान्सरबाट पीडित !

मनिषा थापा

एजेन्सी  :  हालै मातृशोकमा परेका बलिउड अभिनेता ऋषि कपुर स्वयंलाई क्यान्सर भएको दुखद खबर बाहिर आएको छ ।

यतिखेर ऋषि कपूर अमेरिकामा थर्ड स्टेजको क्यान्सरको उपचार गराइरहेका छन् । इरफान खान ,सोनालि बेन्द्रेपछि अहिले ऋषि कपुर क्यान्सरबाट पिडित भएका हुन् ।उनी आमाको मृत्यु हुनु अघि छोरा रणवीर र श्रीमती नितु कपुरको साथमा उपचारको लागि अमेरीका गएका थिए ।

जुही चावला सँग शुटीङ सेटमा रहँदा अचानक स्वास्थ्य बिग्रिएपछि शुटींङ रोकी उनी उपचारमा लागेका हुन् ।उनी आमाको मृत्यु हुनु अघि छोरा रणवीर र श्रीमती नितु कपुरको साथमा उपचारको लागि अमेरीका गएका थिए । आमा कृष्णा राज कपूरको निधन हुँदा ऋषि कपूर अन्तिम संस्कारका लागि उपस्थित हुननसकेका कारण उनलाई गम्भीर रोग लागेको अड्कल बाजी गरीएको थियो जुन हाल सत्य सावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू