पुर्णिमा लामाको ‘तिमी नै तिमी छाै’ बाेलकाे नयाँ गीत सार्बजनिक (भिडियोसहित)

रिता घिसिंग

असोज २३, काठमाडौँ : गायिका पुर्णिमा लामाको ‘तिमी नै तिमी छाै’ बाेलकाे नयाँ गीत सार्बजनिक भएको छ । मदन रोकायाको संगीत र पदम बिन्दास रोकायाको शब्द रचना रहेको उक्त गीत रारा कर्णाली युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।

पछिल्लो समय लोकप्रिय चर्चित गायिका अन्जु पन्तको जस्तै आवाज भएकी गायिकाको रूपमा आफ्नो पहिचान बनाउन सफल पुर्णिमा लामा अहिले धेरै नै ब्यस्त रहेको समेत जानकारी छ । स्टुडियोमै शूट गरिएको उक्त गीतको भिडियोलाई मदन रोकायाले नै सम्पादन गरेका हुन भने गीतलाई बिग परिबेश स्टुडियाेमा रेकर्डिङ गरिएको हो । तलको लिन्कमा क्लिक गरेर भिडियो हेर्न सक्नुहुन्छ ।
हेर्नुहोस् भिडियो :

प्रतिक्रिया