तीर्थ गएका ३६ वर्षीय युवक बेपत्ता !

मनिषा थापा

कावासोती, २५ असोज (रासस)  :  तीर्थका लागि भारत गएका नवलपरासी देवचुली नगरपालिका–२ दुम्कौलीका ३६ वर्षीय विनोद महतो बेपत्ता भएका छन् ।

असोज १९ गते भारतको गयाबाट भाइ बेपत्ता भएको उहाँका दाजु शिव महतोले जानकारी दिनुभयो । उहाँ १७ गते तीर्थका लागि भारत जानुभएको थियो । नेपालबाट तीर्थका लागि गएको टोली बुधबार घर फर्किएको तर भाइ भने बेपत्ता भएको उहाँले बताउनुभयो । गाउँका करीब ५० जनाको समूह तीर्थका लागि गएका थिए ।

विनोद अन्य साथीसँगै रहेकामा भारतको गयामा खाना खाने क्रममा छुटिएका थिए । त्यसपछि सँगै गएका साथीहरुको सम्पर्कमा नआएपछि भारतीय प्रहरीलाई समेत जानकारी दिई खोजी गर्दा फेला नपरेको दाजु शिवले बताउनुभयो ।

प्रतिक्रिया