justnep home

पाल्पादेखि पोखरासम्म पर्यटकीय बस सञ्चालन

मनिषा थापा

पाल्पा, २५ असोज (रासस)  :  पाल्पादेखि पोखरासम्म पर्यटकीय बस सञ्चालन गरिएको छ । प्रदेश नं ५ का सांसद डा पुरन बज्राचार्यले पर्यटकीय बस सेवाको शुभारम्भ गर्नुभयो ।

सांसद बज्राचार्यले सो सेवालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । सो सेवाको प्रचार प्रसारमा उहाँले जोड दिनुभयो । तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जिल्लाको पर्यटन विकासका लागि पर्यटकीय बस सेवाले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।

पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा सञ्जोग ट्राभल्सले पर्यटकीय बस सञ्चालन गरिएको हो । पाल्पादेखि पोखरासम्म प्रतिव्यक्ति भाडा रु ६०० रहेको छ । बस हरेक दिन पाल्पा र पोखराबाट बिहान ८ बजे छुट्नेछ ।

प्रतिक्रिया