नवरात्री विशेष : माता दुर्गाको यस स्वरूपको गर्नुहोस साधना, पुरा हुनेछ कुलदीपकको चाहाना

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  माता दुर्गाको पंचम स्वरूप हो स्कन्दमाता । नवरात्रीको पंचमीको दिन स्कन्द मातालाई पुजा गरिने गर्छ। भगवान शिव र माता पार्वतीको पुत्रको नाम हो स्कन्द जसलाई कार्तिकेको नामबाट चिनिन्छ। भगवान स्कन्दको माता पार्वतीले स्वयंम प्रशिक्षित गरेकी थिइन्। उनको यसै रुपलाई स्कन्दमाता भनिन्छ।

प्राचीनकालमा एक तार्काशुर नामक राक्षस थियो। जसको मृत्यु मात्र शिव पुत्रबाट सम्भव थियो। तब माता पार्वतीले आफ्नो छोरा भगवान स्कन्दलाई युद्धको लागि प्रशिक्षनको निमित्त स्कन्द माताको रुप धारण गरेका थिए। स्कंदमाताबाट युद्धको प्रशिक्षण लिनु पश्चात् भगवान स्कन्दले तारकासुरको बध गरेका थिए।

भगवान स्कन्द कुमारको आमा भएको नाताले दुर्गाजीलाई यस पाचौ स्वरूपलाई स्कन्द माताको नाम प्राप्त भएको हो। भगवान स्कन्द बाल रुपमा माताको काखमा विराजमान भएका थिए। यस दिन साधकको मन विशुद्ध चक्रमा अवस्थित हुने गर्छ।

मां स्कन्दमाताको साधनाको सम्बन्ध बुद्ध ग्रहसँग हुन्छ। काल पुरुष सिदान्त अनुसार कुण्डलीमा बुद्ध ग्रहको सम्बन्ध रोग संग हुन्छ। अत रोगबाट मुक्तिको लागि विधि-विधानको अनुसार स्कन्दमाताको पुजा पूजा सर्वश्रेष्ठ फल प्रदान गर्दछ। माता दुर्गाको यो स्वरूप सन्तान प्राप्तिको वर मिल्ने गर्छ। दुर्गाको यो स्वरूपलाई पुजा गर्दा सन्तान प्राप्त हुने गर्छ।

सन्तान प्राप्त गर्ने अचुक उपाय
यस दिन सन्तान प्राप्त गर्नको लागि गोपाल यन्त्रको विधि-विधानको साथ आफ्नो पूजास्थलमा स्थापित गर्नुहोस। पाँच दिन लगातार चाँदीको नाग-नागिनको जोडा यसमा चडाउनुहोस्। जसलाई छैठौ दिनमा जालमा प्रवाहित गर्नुहोस। छैठौ साझमा सुन्दरकाण्डको पाठ विधि-विधानबाट गर्नुहोस।

स्कन्द माताको पुजा विधि
सर्वपर्थम शुद्ध भएर आजको दिनमा हरियो रङको कपडा लगाउनुहोस। त्यसपछि चौकीमा स्कन्द माता प्रतिमा स्थापित गर्नुहोस।  कलश आदिको पूजा पश्चात स्कन्द माताको सौभाग्य सूत्र, चंदन, बेसार, सिन्दुर, बिल्वपत्र, आभूषण, पुष्प-हार, सुगंधित द्रव्य, धूप-बत्ति, फल, पान, दक्षिणा, राको आरती, प्रदक्षिणा, मन्त्र पुष्पांजलि आदि गर्नुहोस र वंदना श्लोक पढ्नुहोस। वंदना श्लोकको पश्चात मातालाई केराको भोग लगाउनुहोस् र माताको स्रोतत पाठ गर्नुहोस। त्यसपछि प्रसाद वितरण गरेर पुजा सम्पन्न गर्नुहोस।

बन्दना श्लोक
सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।।

स्कन्द माताको स्त्रोत पाठ
नमामि स्कन्दमाता स्कन्दधारिणीम्।
समग्रतत्वसागररमपारपार गहराम्॥
शिवाप्रभा समुज्वलां स्फुच्छशागशेखराम्।
ललाटरत्नभास्करां जगत्प्रीन्तिभास्कराम्॥
महेन्द्रकश्यपार्चिता सनंतकुमाररसस्तुताम्।
सुरासुरेन्द्रवन्दिता यथार्थनिर्मलादभुताम्॥
अतर्क्यरोचिरूविजां विकार दोषवर्जिताम्।
मुमुक्षुभिर्विचिन्तता विशेषतत्वमुचिताम्॥
नानालंकार भूषितां मृगेन्द्रवाहनाग्रजाम्।
सुशुध्दतत्वतोषणां त्रिवेन्दमारभुषताम्॥
सुधार्मिकौपकारिणी सुरेन्द्रकौरिघातिनीम्।
शुभां पुष्पमालिनी सुकर्णकल्पशाखिनीम्॥
तमोन्धकारयामिनी शिवस्वभाव कामिनीम्।
सहस्त्र्सूर्यराजिका धनज्ज्योगकारिकाम्॥
सुशुध्द काल कन्दला सुभडवृन्दमजुल्लाम्।
प्रजायिनी प्रजावति नमामि मातरं सतीम्॥
स्वकर्मकारिणी गति हरिप्रयाच पार्वतीम्।
अनन्तशक्ति कान्तिदां यशोअर्थभुक्तिमुक्तिदाम्॥
पुनःपुनर्जगद्वितां नमाम्यहं सुरार्चिताम्।
जयेश्वरि त्रिलोचने प्रसीद देवीपाहिमाम्॥

प्रतिक्रिया